अफगान महिलाले विमानमै बच्चा जन्माइन्, दुवैको स्वास्थ्य अवस्था सामान्य
अखबार टुडे
प्रकाशित:
२०७८, ७ भाद्र

काठमाडौं, ७ भदौ (एजेन्सी) । अफगानिस्तानकी एक अफगान महिलाले विमानमै बच्चा जन्माएकी छन् । उनले अमेरिकी एयरफोर्सको उद्धार उडानको क्रममा जर्मनीमा बच्चा जन्माएकी हुन् ।
आफ्नो परिवारसँग मध्यपूर्वबाट यात्रा गरिरहेका बेला ती महिलामा प्रसव पीडा सुरु भएको बीबीसीले उल्लेख गरेको छ । उनको अवस्था जटिल हुँदै गएपछि विमानका पाइलटले कम उचाइको उडान गरे ताकि विमानमा हावाको चाप बढोस् र ती महिलाको ज्यान बचाउन सहयोग होस् ।
युएस एयरफोर्सको सो विमान जर्मनीको रामस्टीन एयर बेसमा अवतरण हुने बित्तिकै अमेरिकी सैन्य चिकित्सकहरूको टोली आएर बच्चा जन्माउन सहयोग गरेको थियो ।
बीबीसीका अनुसार आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो रहेको र उनीहरू नजिकैको अस्पतालमा रहेको छ ।

प्रतिक्रिया