भिडभाड अनियन्त्रित हुँदा सात जना अफगानी नागरिकको मृत्यु
प्रकाशित:
२०७८, ६ भाद्र

काबुल, ६ भदौ । अफगानिस्तानको काबुल विमानस्थल नजिकै सात जना नागरिकको ज्यान गएको छ ।
भिडभाड अनियन्त्रित हुँदा त्यहाँ उपस्थित सात जना अफगानी नागरिकको ज्यान गएको बेलायती रक्षा मन्त्रालयलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ ।
आज तालिबानका उच्च नेताहरु सरकार गठनको विषयमा छलफल गर्न काबुलमा भेला भएका छन् । यही क्रममा त्यहाँ आवतजावतमा कडाइ गर्दा काबुल विमानस्थल नजिकै भिडभाड बढेको हो । मन्त्रालयले काबुलका विमानस्थलको भिडमा ज्यान गुमाउने सात जनाका परिवारप्रति समवेदना पनि व्यक्त गरेको छ ।
अफगानिस्तानमा तालिबानले सरिया कानुनलाई लागू गर्ने विषयलाई लिएर त्यहाँका नागरिक डराएर देश छोड्न लागिपरेका छन् ।
प्रतिक्रिया
सम्बन्धित समाचार
कामपाले २०८२ जनालाई सीप सिकाउँदै, यस्ता छन् तालिमका क्षेत्र र विधा
कुलेखानी-कलंकी-हुमाने सडक आजदेखि १९ दिन बन्द, वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध
पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्धा, ३ अर्ब २१ करोड ८३ लाख रूपैयाँ बिगो दाबी
अर्थमन्त्रीको ठाडो प्रस्तावमा गभर्नर सिफारिस समितिको सदस्यमा डाक्टर डा पाण्डे नियुक्त
संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगमा पदाधिकारी नियुक्त