प्रगतिशील गायक जेबी टुहुरेको स्वास्थ्य अवस्था गम्भीर
अखबार टुडे
प्रकाशित:
२०७८, ६ भाद्र

काठमाडौं, ६ भदौं । प्रगतिशील गायक जेबी टुहुरेको स्वास्थ्य अवस्था गम्भीर र स्थिर रहेको अस्पतालले जनाएको छ । गत मंगलबार अचानक मस्तिष्कघात भइ बल्खुस्थित बयोधा अस्पतालमा उनलाई भर्ना गरिएको हो ।
सिसियू कक्षमा भर्ना भइ उपचार गइरहेका गायक टुहुरे मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचापबाट पीडित छन् । ७८ वर्षीय टुहुरेलाई अप्रेसन गर्न जोखिमपूर्ण रहेकाले औषधिको माध्यमबाट उपचार जारी राखिएको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।
गायक टुहुरेलाई भेट्न बिहीबार नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’अस्पताल पुगेका थिए । उनले टुहुरेको उपचारको सम्पूर्ण खर्च व्यहोर्न सरकारलाई आग्रह गर्ने समेत बताएका थिए ।
अस्पतालमा टुहुरेलाई भेट्न एमाले महासचिव ईश्वर पोखरेल, अर्थमन्त्री जनार्दन शर्मा, कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा, पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठलगायत पुगेका छन् । टुहुरेको उपचारमा डा। सामर्थ सिंह, डा। विश्वकुमार श्रेष्ठ, डा। पावनबहादुर भण्डारी, डा। प्रकाश श्रेष्ठको चिकित्सक टोली संलग्न छ ।
गायक टुहुरेले १ सय ५० भन्दा बढी जनपक्षीय गीत रेकर्ड गराएका छन् । ‘आमा दिदीबहिनी हो, कति बस्छौ दासी भई, सुखको सधैं प्यासी बनेर’ बोलको गीत उनको बहुचर्चित गीत हो । सुनसरीको धरानमा जन्मिएका टुहुरे दोस्रो संविधानसभामा तत्कालीन एकीकृत नेकपा माओवादीबाट समानुपातिक सभासदसमेत बनेका थिए ।

प्रतिक्रिया