अमेरिकाद्वारा ‘सुरक्षा अलर्ट’ : अफगानिस्तानमा सुरक्षा खतराबाट जोगिन आग्रह
अखबार टुडे
प्रकाशित:
२०७८, ६ भाद्र
  • अमेरिकाले भनेको जस्तो आईएसले आक्रमणको धम्की दिएको सार्वजनिक भएको छैन । तर, अमेरिकी रक्षा अधिकारीहरुले भने आफ्ना नागरिकलाई ‘ढोका बाहिर हुन सक्ने सुरक्षा खतरा’बाट आफूलाई टाढै राख्न र सुरक्षित रहन भनेको अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले जनाएको छ ।

काठमाडौं, ५ भदौं । अमेरिकाले अफगानिस्तानमा रहेका आफ्ना नागरिकलाई सचेत गराएका छन् । इस्लामिक स्टेट ‘आईएस’ समूहले आक्रमण गर्न सक्ने चेतावनी दिँदै सचेत गराएका हु्न । शनिबार सुरक्षा अलर्ट जारी गर्दै अमेरिकाले आफ्ना नागरिकहरुलाई आईएसको सम्भावित आक्रमणबाट जोगिन भनेको हो ।

अमेरिकाले भनेको जस्तो आईएसले आक्रमणको धम्की दिएको सार्वजनिक भएको छैन । तर, अमेरिकी रक्षा अधिकारीहरुले भने आफ्ना नागरिकलाई ‘ढोका बाहिर हुन सक्ने सुरक्षा खतरा’बाट आफूलाई टाढै राख्न र सुरक्षित रहन भनेको अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले जनाएको छ । अमेरिकी अधिकारीहरुले अफगानिस्तानको स्थितिलाई नजिकबाट नियालिरहेको जनाएका छन् ।

राजधानी काबुलस्थित विमानस्थल बाहिर आतंक जारी रहेका बेला अमेरिकाले सम्भावित आक्रमणको खतराबारे जानकारी गराएको हो । विमानस्थलबाहिर एक जर्मन नागरिकमाथि गोली प्रहार भएको थियो । अमेरिकाले विमानस्थलबाहिरको भिडभाडमा नजान भनेको छ ।

एक हप्ताअगाडि तालिबान विद्रोहीले राजधानी काबुलसहित पूरै अफगानिस्तानमा कब्जा जमाएका थिए । त्यसलगत्तै काबुल छाड्नेहरुको भिड विमानस्थल वरपर देखिन्छ । विमानस्थलको भित्री परिसर भने अमेरिकी सेनाको नियन्त्रणमा छ ।

प्रतिक्रिया