महाकाली तुइन प्रकरण : जयसिंह धामी अझै बेपत्ता, प्रधानमन्त्रीलाई हस्ताक्षर बुझाउने तयारी
अखबार टुडे
प्रकाशित:
२०७८, ६ भाद्र

कन्चनपुर, ६ भदौं । भारतीय एसएसबीले तुइनको डोरी काटिदिएपछि महाकाल नदीमा बेपत्ता भएका दार्चुलाका जयसिंह धामी अझै भेटिएका छैनन् । गृह मन्त्रालयले गठन गरेको छानविन समितिले एसएसबीले नै फलामको डोरी काटिदिएको निष्कर्ष निकालेको थियो । छानविन समितिको निष्कर्षपछि पनि कसैलाई कारबाही गरिएको छैन, न त धामीकै शव भेटिएको छ ।

जयसिंह धामीको न्यायका लागि सुदूरपश्चिममा ९ हजार ५०० हस्ताक्षर संकलन गरिएको छ । महाकाली नदीमा बेप१त्ता भएको महिना वित्नि लाग्दा समेत खोज तथा छानविनमा सरकार गम्भीर नभएको उनीहरुको भनाइ छ । डडेल्धुरा, कञ्चनपुर, कैलाली र दार्चुलामा हस्ताक्षर संकलन गरिएको जरोकिलो पाटीका सुदूरपश्चिम प्रदेश अध्यक्ष खिमानन्द जोशीले बताए ।

‘वेपत्ता धामीको शव खोज्नुपर्ने, घटनाको अनुसन्धान गरी जानकारी गराउनुपर्ने र परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउनु पर्ने माग राख्दै हस्ताक्षर अभियान सञ्चालन गरेका हौँ’, उनले भने, ‘संकलित हस्ताक्षर प्रधानमन्त्रीलाई बुझाउँछौँ ।’ ड्रोन क्यामेराका सहयोगमा धामीको शव खोज्ने कार्य गरिए पनि फेला पार्न सकिएको छैन ।

प्रतिक्रिया