थप २ हजार ७५ जनामा कोरोना पुष्टि
अखबार टुडे
प्रकाशित:
२०७८, ५ भाद्र

काठमाडौं, ५ भदौ । गत २४ घण्टामा थप २ हजार ७५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
७ हजार ७०३ जनाको पीसीआर र ५हजार ३७२ जनाको एन्टिजेन गरी १३ हजार ७५ जनाको नमूना परीक्षण गर्दा सो संख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ८ लाख २५ हजार ७२२ जना पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा २ हजार ३८२ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ९५ हजार ९२५ जना पुगेको छ ।
आज थप ३० जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका छन् । योसहित नेपालमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १० हजार ४८५ जना पुगेको छ । अहिले नेपालमा ३९ हजार ३२१ जना सक्रिय सङ्क्रमित छन् ।

प्रतिक्रिया