साफ हाम्रा लागि धेरै महत्वपूर्ण छ तर खेलाडीलाई दबाब नदिर्औं : अलमुताइरी
अखबार टुडे
प्रकाशित:
२०७८, ५ भाद्र

काठमाडौं, ५ भदौ । नेपाली राष्ट्रिय फुटबल टिम अहिले साफ च्याम्पियनसिप र भारतसँगको मैत्रीपूण खेलका लागि पोखरामा हाल तयारी गरिरहेको छ ।
१३औं संस्करणको साप अक्टोबर १ देखि १३ सम्म माल्दिभ्समा हुँदैछ भने त्यसअघि दशरथ रंगशालमा (भदौ १७ र २० गते) हुने तय छ ।

त्यसै अवसरमा नेपाली टिमका मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले अखिल नेपाल फुटबल संघ (एन्फा)को मिडियासँग कुरा गर्दै साफ जित्न नसके आफ्नो गल्ती हुने र जितेमा खेलाडीलाई श्रेय जाने बताए । ‘नेपालले अहिलेसम्म साफ जित्न सकेको छैन । त्यसैले साफ हाम्रा लागि धेरै महत्वपूर्ण छ तर खेलाडीलाई दबाब नदिऔं । यदि साफमा हा¥यौं भने मेरो गल्ती हुनेछ जित्यौ भने सबै श्रेय खेलाडीलाई जानेछ’ उनले भने ।

प्रशिक्षक अलमुताइरीले यसअघि पनि बारम्बार नेपालले साफ जित्नुपर्ने बताउँदै आएका छन् । यस पटक पाँच टिम मात्र सहभागी भएकोले सिंगल राउण्ड रोविन लिगपछि शीर्ष दुई टोली फाइनल पुग्नेछन् ।

नेपालले अहिलेसम्म साफको फाइनलमा समेत स्थान बनाउन सकेको छैन । त्यसले पहिलो लक्ष्य नेपालको फाइनल पुग्ने नै हुनेछ । नेपालले अक्टोबर १ (असोज १५) मा माल्दिभ्संग उद्घाटन खेल खेल्दै साफको यात्रा सुरु गर्नेछ । त्यसपछि अक्टोबर ३मा श्रींलकासंग खेल्नेछ । अक्टोबर ८मा भारतसँग र अक्टोबर ११मा बंगलादेशसंग खेल्नेछ ।

प्रतिक्रिया