आफ्नो शासन स्वीकार गर्न तालिबानी प्रवक्ता शहिनको आग्रह
अखबार टुडे
प्रकाशित:
२०७८, ५ भाद्र

काबुल, ५ भदौ । मुस्लिम अतिवादी विद्रोही समूह तालिबानले अन्तर्राष्ट्रिय समुदायलाई अफगानिस्तानमा तालिबानी शासन स्वीकार गर्न अपिल गरेका छन् ।
एक टेलिभिजन अन्तर्वार्ताका क्रममा तालिबानी प्रवक्ता सुहैल शहिनले अन्तर्राष्ट्रिय समुदायमा अफगानिस्तानमा तालिबानी शासन स्वीकार गर्न आग्रह गरेका बिबिसीले जनाएको छ ।
शहिनले तालिबानी शासनमा अफगानिस्तानका महिलाको जीवनप्रति जनाइएको चिन्ता निराधार रहेको बताएका छन् । तालिबानले महिलाको पढ्ने, लेख्ने र काम गर्न पाउने अधिकारको संरक्षण गर्ने जनाएको छ । शहीनले अफगानिस्तानको पुनर्निर्माणमा सबै देशको सहयोगको आवश्यकता रहेको बताएका छन् । यस्तै, पछिल्लो समय तालिबानप्रति मानिसहरुको समर्थन बढ्दै गएको तालिबानको दाबी छ ।

प्रतिक्रिया