प्रसाइँलाई हटाएर शर्मालाई बनाइयो बागमती प्रदेश प्रमुख
प्रकाशित:
२०७८, ४ भाद्र
काठमाडौं, ४ भदौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बागमती प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी छन् । सरकारको सिफारिसमा राष्ट्रपतिले शुक्रबार यादवचन्द्र शर्मालाई प्रदेश प्रमुखमा नियुक्त गरेकी हु्न् । नवनियुक्त प्रदेश प्रमुख शर्माले शुक्रबार नै पद तथा गोपनीयताको सपथ लिएका छन् ।
राष्ट्रपति कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा संविधानको धारा १६३ को उपधारा २ बमोजिम शर्मालाई प्रदेश प्रमुखमा नियुक्त गरेको उल्लेख छ ।
यस्तै, राष्ट्रपतिले केपी ओली सरकारले नियुक्त गरेको विष्णुप्रसाद प्रसाइँलाई पदमुक्त गरेकी छन् । उनलाई संविधानको धारा १६५ को उपधारा १ को खण्ड ख अनुसार पदमुक्त गरिएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार