महन्थ र महतो नेतृत्वको ‘लोकतान्त्रिक समाजवादी पार्टी’
प्रकाशित:
२०७८, ४ भाद्र
काठमाडौं, ४ भदौं । जसपाबाट अलग भएका महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले पनि पार्टीको नाम परिर्वतन गर्ने निर्णय गरेको छ । अब पार्टीको नाम ‘लोकतान्त्रिक समाजवादी पार्टी’ राखिएको नेता केशव झाले बताए । यसअघि ठाकुर पक्षले जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक) दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए ।
निर्वाचन आयोगका अधिकारीहरुले सर्वोच्च अदालतको २३ फागुनको फैसलाअनुसार एउटा पार्टीको नाममा विशेषण झुण्ड्याएर अर्को दल दर्ता गर्न नमिल्ने बताएपछि अध्यादेशअनुसार राजनीतिक दलसम्बन्धी नियमावली ल्याएपछि शुक्रबार दल दर्ताका लागि निवेदन दिने क्रममा नयाँ नाम राखिएको हो ।
साथै, कार्यकारिणी समितिमा ७ जना महिला थपेर ३१ सदस्यीय बनाइएको छ । पार्टीमा शरतसिंह भण्डारीलाई पनि वरिष्ठ नेतामा राखिएको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार