अफगानिस्तानमा भारतसँगको व्यापार रोकियो
अखबार टुडे
प्रकाशित:
२०७८, ४ भाद्र

काबुल, ४ भदौ (एजेन्सी) । अफगानिस्तानमा हालै सत्ताकब्जा गरेका मुस्लिम अतिवादी विद्रोही समूह तालिबानले भारतसँगको व्यापार बन्द गरेको जनाएको छ ।
अफगानिस्तान र पाकिस्तानबीचको सीमा बन्द गर्दा भारतसँगको व्यापार रोकिएको हो । भारतीय निर्यात संगठन महासंघका अनुसार लाखौँ डलर बराबरको सामान आयात र निर्यात रोकिएको हो ।
भारतका लागि अफगानिस्तानसँगको व्यापार सबैभन्दा ठूलो सहयोगी मानिन्छ । अफगानिस्तानमा भारतले निकै ठूलो परिमाणमा निर्यात व्यापार गर्ने गरेको छ । भारतले अफगानिस्तानमा बाँध, विद्यालय र सडकहरूको विकासमा पनि अर्बौं डलर लगानी गरिरहेको छ । रिपोर्टका अनुसार भारतले अफगानिस्तानबाट ठूलो मात्रामा ड्राइफ्रूट आयातसमेत गर्छ । भारत बाहेक पाकिस्तानले पनि अफगानिस्तानबाट ड्राइफ्रूट आयात गर्ने गरेको छ ।

प्रतिक्रिया