जाकी अन्वारी : उड्दै गरेको अमेरिकी विमानबाट खसेर फुटबल खेलाडीको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०७८, ४ भाद्र

काठमाडौं, ४ भदौ । गत सोमबार अफगानिस्तानमा उड्दै गरेको अमेरिकी सेनाको विमानबाट खसेर युवा फुटबल खेलाडीको मृत्यु भएको पुष्टि भएको छ ।
काबुलको विमानस्थलबाट उड्दै गरेको प्लेनबाट खसेका व्यक्ति १९ वर्षीय फुटबलर जान्की अन्वारीको मृत्यु भएको अफगानी अधिकारीहरूले पुष्टि गरेका हुन् ।
उनले अफगानिस्तानको राष्ट्रीय टोलीबाट फुटबल समेत खेलेका थिए । उनीबारे थप जानकारी सार्वजनिक गरिएको छैन ।
तालिबानले अफगानिस्तानको राजधानी काबुल नियन्त्रण गरेर सत्ता कब्जा गरेपछि धेरै मानिसहरू अफगानिस्तान छोड्न हतारिएका छन् । सोही मध्येका एक अन्वारी पनि थिए ।
उनी अमेरिकी सैनिकको प्लेनको ल्याण्डिङ गियरमा बसेका थिए । तर, त्यहाँबाट खसेर उनको मृत्यु भएको थियो ।

प्रतिक्रिया