चीनबाट आइपुग्यो ८ लाख मात्रा ‘भेरोसेल खोप’
प्रकाशित:
२०७८, ३ भाद्र

काठमाडौं, ३ भदौ । चीनबाट आठ लाख मात्रा भेरोसेल खोप आइपुगेको छ । १६ लाख मात्रा खरिद गरिएको खोपमध्ये आठ लाख मात्रा पहिलो चरणमा आइपुगेको हो ।
नेपाल वायु सेवा निगमको वाइडबडी विमानमार्फत गएराति सो परिमाण नेपाल आइपुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
उनका अनुसार आज साँझ थप आठ लाख मात्रा खोप चीनबाट नेपाल आउने बताए । प्राप्त भएको खोप प्राथमिकताका आधारमा लगाइने मन्त्रालयले जनाएको छ ।
सरकारले असोजसम्म खोप लगाउन लक्षित ३३ प्रतिशतलाई पूर्ण खोप र चैतमसान्तसम्म लक्षित सबैलाई खोप लगाउने लक्ष्य राखेको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
