पहिरोले घर पुरिँदा एकै घरका दुईको मृत्यु, दुई बेपत्ता
प्रकाशित:
२०७८, ३ भाद्र

रसुवा, ३ भदौं । रसुवाको नैकुण्ड गाउँपालिका वडा नम्बर ५ कोलडाँडामा पहिरोले घर पुर्दा एकै परिवारका दुई जनाको मृत्यु भएको छ । बिहीबार बिहान करिब ३ः३० बजेतिर पहिरोले स्थानीय श्यामबहादुर गलानको घर पुरिएको हो ।
स्थानीयले गलानलाई उद्धार गरेका थिए । उनलाई थप उपचारका लागि एम्बुलेन्समार्फत् काठमाडौंको ट्रमा सेन्टर पठाइएको प्रहरीले जनाएको छ । पहिरोमा परेर गलानकी श्रीमती ३२ की कमला गलानको मृत्यु भएको छ । आमा कमला र कान्छी छोरी ८ वर्षकी सुकमाया गलानको शव फेला परिसकेको पाण्डेले बताए ।
यस्तै, अर्की छोरी ११ वर्षीय शोविता गलान र छोरा ७ वर्षका आशिष गलान अझै बेपत्ता छन् । उनीहरू पहिरोमा परेको आशंकामा खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार