माधव पक्षका १४ सांसदलाई तत्काल कारबाही गर्न सभामुखको ध्यानाकर्षण
प्रकाशित:
२०७८, ३ भाद्र

काठमाडौं, ३ भदौं । नेता माधव नेपाल पक्षका १४ जना सांसदलाई तत्काल कारबाही गर्न नेकपा एमालेले सभामुखको ध्यानाकर्षण गराएको छ । माधव पक्षले बुधबार नै नेकपा एमाले (समाजवादी)पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिइसकेका छन् ।
बिहीबार सभामुख अग्नि सापकोटालाई भेटेर एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई नेतृत्वको टोलीले कारबाहीका लागि ध्यानाकर्षण गराएको हो ।
एमाले स्थायी कमिटी बैठकले १ भदौमा माधव नेपालसहित १४ जना सांसदहरुलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको थियो । पार्टीले कारबाही गरेको जानकारी एमालेले संसद सचिवालयमा गराइसकेको छ ।
एमालेले कारबाही गरेका सांसदसहित नेताहरुले बिहीबार नै माधव नेपालको नेतृत्वमा निर्वाचन आयोगमा नेकपा एमाले ९समाजवादी० दार्ताका लागि निवेदन दिइसकेका छन् ।
प्रतिक्रिया
सम्बन्धित समाचार
