थप ४२ जना कोरोना संक्रमितको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०७८, २ भाद्र

काठमाडौं, २ भदौ । गएको २४ धण्टामा थप ३ हजार ४०३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
पीसीआर र एन्टिजेन गरी १६ हजार ८३८ जनाको नमुना परीक्षण गर्दा सो संख्यामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ८ लाख १७ हजार ५३० पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा २ हजार १०४ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ८९ हजार १७३ जना पुगेको छ ।
यही अवधिमा कोरोना सङ्क्रमणका कारण ४२ जनाको ज्यान गएको छ । योसहित ज्यान गुमाउनेको सङ्ख्या १० हजार ३९६ पुगेको छ ।
हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ४० हजार ३२८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया