महन्थ र महतोको नयाँ दल ‘जसपा लोकतान्त्रिक’
प्रकाशित:
२०७८, २ भाद्र
काठमाडौं, २ भदौ । जसपाबाट चोइटिएर महन्थ ठाकुर–राजेन्द्र महतो समूहले निर्वाचन आयोगमा नयाँ पार्टी दर्ताका लागि निबेदन दिएका छन् । ठाकुर अध्यक्ष र महतो वरिष्ठ नेता रहने गरी आयोगमा बुधबार निबेदन दर्ता गरिएको हो ।
अध्यक्ष ठाकुर रहेको पार्टीको नाम जनता समाजवादी पार्टी जसपा लोकतान्त्रिक राखिएको छ । जसपामा विवाद भएपछि आयोगले यसअघि पार्टीको आधिकारिकता अध्यक्ष उपेन्द्र यादवलाई दिएको थियो । यादवले आधिकारिता पाएपछि ठाकुर, महतो सहितका नेतालाई कार्यकारिणी सदस्यबाट कारवाही गरेका थिए । उनीहरु जसपाको साधारण सदस्य मात्रै हुन् । त्यसअघि ठाकुर र यादव दुई जना जसपाको अध्यक्ष थिए ।
प्रतिक्रिया