राष्ट्रपतिद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश जारी, नेपाल र ठाकुरलाई नयाँ दल गठन गर्ने बाटो खुला
अखबार टुडे
प्रकाशित:
२०७८, २ भाद्र

काठमाडौं, २ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेकी छन् ।
बुधबार राष्ट्रपति भण्डारीले उक्त अध्यादेश जारी गरेको उनकी स्वकीय सचिव भेषराज अधिकारीले बताए ।
सरकारले मंगलबार अध्यादेश ल्याएको थियो । राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्न जारी गरिएको अध्यादेशमा पार्टी केन्द्रीय समिति वा संसदीय दलमध्ये एउटामा २० प्रतिशत मत पुर्याए दल विभाजन गर्न सकिने व्यवस्था गरिएको छ ।
अध्यादेश प्रमाणिकरण भएसँगै नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र जनता समाजवादी पार्टी नेपाल (जसपा)का नेता महन्थ ठाकुरलाई नयाँ राजनीतिक दल गठन गर्ने बाटो खुलेको छ ।

प्रतिक्रिया