अफगानिस्तानबाट उद्दार गरीएका थप ६१ जना नेपाल आइपुगे
अखबार टुडे
प्रकाशित:
२०७८, २ भाद्र

काठमाडौं, २ भदौ । अफगानिस्तानबाट थप ६१ जना नेपालीको उद्दार गरी नेपाल फर्काइएको छ ।
बुधबार बिहान थप ६१ जना नेपाली कतार एयरवेजको जहाजबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए ।
उनीहरुलाई होल्डिङ सेन्टरमा राखेर कोरोना परीक्षणलगायत प्रक्रिया पूरा गरी घर पठाइने छ ।
यसअघि मंगलबार ११८ जना र राति ८७ जना नेपाली जजिरा एयरलाइन्सको चार्टर्ड विमानबाट कुवेत हुँदै काठमाडौं आएका थिए ।
अफगाननिस्तानमा विद्रोही तालिबानले सत्ता कब्जा गरेपछि त्यहाँ रहेका विभिन्न देशले आफ्ना नागरिकको उद्दार गरिरहेका छन् ।

प्रतिक्रिया