दार्चुला तुइन प्रकरण : भारतीय पक्षले लट्ठा खुस्काएको छानविन समितिको निष्कर्ष
अखबार टुडे
प्रकाशित:
२०७८, २ भाद्र

काठमाडौं, २ भदौ । दार्चुला व्यास गाउँपालि–२ का ३३ वर्षीय जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएको घटनाको छानविन गर्न गठित समितिले भारतीय पक्षले तुइनको लट्ठा खुस्काइदिएको निष्कर्ष निकालेका छन् ।
गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम संयोजक रहेको छानबिन समितिले घटनाको स्थलगत निरीक्षण, अवलोकन, अनुसन्धान र प्रत्यक्षदर्शीसँगको सोधपुछ एवं बयानका आधारमा भारतीय पक्षले तुइनको लट्ठा खुस्काएकै कारण नदीमा खसेर बेपत्ता भएको निष्कर्ष निकालेको हो ।
आजको कान्तिपुर दैनिकमा प्रकाशित समाचारअनुसार करिब दुई साताको छानबिनपछि सरकारी समितिले यस्तो निष्कर्ष निकालेका हुन् । समिति अहिले प्रतिवेदन लेखनमा जुटेको समाचारमा उल्लेख छ । यही साउन १५ गते तुइनबाट सो नदी तर्नेक्रममा धामी बेपत्ता भएका थिए ।
समितिको निष्कर्षअनुसार मालघाट–गस्कु जोड्ने तुइन तर्ने क्रम्मा धामी गत साउन १५ मा भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले लट्ठा खुस्काइदिएको थियो ।
तुइनबाट खसेर बेपत्ता भएका धामी अझै भेटिएका छैन्न् । सुरुको १० दिन र त्यसपछि थप गरिएको ७ दिनमा संकलित तथ्य र प्रमाणले ‘घटनामा भारतीय पक्षको संलग्नता देखिएको’ समाचारमा उल्लेख छ ।

प्रतिक्रिया