एमालेद्वारा १४ सांसदमाथि कारबाही, सांसद पद खारेजीको माग (पत्रसहित)
अखबार टुडे
प्रकाशित:
२०७८, १ भाद्र

काठमाडौं, १ भदौं । दल विभाजनमा लागेको भन्दै नेकपा एमालेले बरिष्ठ नेता माधवकुमार नेपाललगायत १४ जना सांसदलाई कारबाही गरेको छ । मंगलबार नेता नेपालसहित १४ सांसदको कारबाही गर्दै पद खारेजीको माग गर्दै संसद् सचिवालयमा एमालेले पत्र दर्ता गरेको हो ।

सरकारले मंगलबार दल विभाजनको विधेयक ल्याएसँगै एमाले विवादले टर्निङ प्वाइन्ट लिएको हो । मंगलबार बसेको मन्त्रिपरिषद बैठकको सिफारिसमा राष्ट्रपतिले दल विभाजनसँगै दुई विधेयक पारित गरेकी हुन् । उक्त विधेयकले एमाले र जसपा फुट्न बाटो खुलेको छ । तर, एमालेले उक्त विधेयकमाथि आपति जनाउँदै आएको छ ।

मंगलबार नै एमालेले सांसदहरुमा माधवकुमार नेपाल, जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणीकुमारी खड्का, लक्ष्मी चौधरी, निरादेवी जैरु, पुष्पकुमारी कर्ण, सरलाकुमारी यादव, कलिला खातुन, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ र मेटमणि चौधरीलाई कारबाही गर्दै सांसद पद खारेज गर्न माग गरेको हो ।

स्तो छ एमालेले संसद सचिवालयमा बुझाएको पत्रको व्यहोरा :

श्री संघीय संसद सचिवालय, सिंहदरबार काठमाडौ ।
विषय-दल त्याग गरेको सूचना सम्बन्धमा

यस दलको प्रतिनिधि सभाका देहायका माननीय सदस्यहरुले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा २८ (१) को क बमोजिम कार्य नगरी दलको निर्देशन ह्वीप उलंघन गरेकोले यस दलको केन्द्रीय कमिटीको मिति २०७८ साउन २५ को निर्णयअनुसार ऐनको दफा ३२(२) बमोजिम प्रतिनिधि सभा सदस्य समेत नरहनेगरी यस दलबाट समेत निस्कासन गरिएकोले दफा ३४ बमोजिम उक्त निर्णयको प्रतिलिपि समेत यसैसाथ राखी यो सुचना प्रकाशित गरिएको छ ।

यस विषयमा तत्काल संसदलाई जानकारी गराई दफा ३६ बमोजिम स्थान रिक्तको सुचना निर्वाचन आयोगमा शिघ्र दिनुहुन अनुरोध छ । केन्द्रीय कमिटीको माइन्युट साथै संलग्न छ ।

तपसिल :
माधवकुमार नेपाल
जीवनराम श्रेष्ठ
मुकुन्द न्यौपाने
रामकुमारी झाँक्री
कल्याणीकुमारी खड्का
लक्ष्मी चौधरी
निरुदेवी जैरु
पुष्पाकुमारी कर्ण
सरलाकुमारी यादव
कलिला खातुन
विरोध खतिवडा
कृष्णलाल महर्जन
भवानी खापुङ
मेटमणि चौधरी

प्रतिक्रिया