थप ३,२७४ जनामा कोरोना संक्रमण पुष्टि, २७ जनाको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०७८, १ भाद्र

काठमाडौं, १ भदौ । गत २४ घण्टामा थप ३ हजार २७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ५६५ पीसीआर परीक्षण गर्दा २ हजार ४५६ जना र ६ हजार १२४ एन्टिजेन परीक्षण गर्दा ८ सय १८ गरी ३ हजार २७४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै, २४ घण्टामा कोरोना संक्रमणबाट २७ जनाको मृत्यु भएको छ भने १ हजार ९२९ जना निको भएका छन् । योसँगै नेपालमा अहिलेसम्म ६ लाख ८७ हजार ६९ जना कोरोनामुक्त भएका छन् भने मृत्यु हुनेको संख्या १० हजार ३५४ पुगेको छ ।

प्रतिक्रिया