तालिबानद्वारा सरकारी कर्मचारीलाई आममाफी दिने घोषणा
अखबार टुडे
प्रकाशित:
२०७८, १ भाद्र

काबुल, १ भदौ (एजेन्सी) । मुस्लिम अतिवादी विद्रोही समूह तालिबानले सबै सरकारी कर्मचारीलाई आममाफी दिने घोषणा गरेका छन् । उनीहरूलाई ढुक्क भएर काममा फर्कन तालिबानले आग्रह गरेका हुन् ।
समाचार एजेन्सी एएफपीका अनुसार तालिबानले एक विज्ञप्ति निकालेर भनेको छ, ‘सबैका लागि आममाफी घोषणा गरिएको छ, यस कारण तपाईँ सबै ढुक्क भएर नियमित काम सुरु गर्न सक्नुहुनेछ ।’
अमेरिकी सेनाका लागि काम गरिसकेका अनुवादक, पश्चिमी देशद्वारा समर्थित संस्थाका कर्मचारी र सरकारी कर्मचारी तालिबानले बदला लिनेछ भनेर डराइरहेका बेला यस्तो घोषणा आएको हो ।
तालिबानलाई अति नै क्रुर सजाय दिने समूहका रूपमा चिनिन्छ र उनीहरूमाथि युद्ध अपराध गरेको आरोप लागे पनि उसले खण्डन गर्दै आएको छ ।

प्रतिक्रिया