युरोपियन सुपर लिग : ६ क्लबद्वारा नाम फिर्ता
अखबार टुडे
प्रकाशित:
२०७८, १ भाद्र

काठमाडौं, १ भदौ । इंग्लिस प्रिमियर लिगका ६ क्लबले युरोपियन सुपर लिगबाट आफ्नो नाम फिर्ता लिएका छन्।
नाम फिर्ता लिनेमा म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड, आर्सनल, चेल्सी, लिभरपुल र टोटेनह्याम रहेका छन् ।

संस्थापक सदस्य रहेका प्रिमियर लिगका ६ क्लबले नाम फिर्ता गरि फेरि युरोपियन क्लब एसोसिएशन (ईसीए)मा आबद्ध भएका हुन् । यी ६ क्लबले सन् २०२३ सम्मको सदस्यता लिएको ईसीएले जनाएको छ ।

यस्तै, स्पेनिस क्लब एट्लेटिको म्याड्रिड, इटालियन क्लब इन्टर मिलान र एसी मिलान पनि फर्किएका छन् । युरोपका १२ क्लबले आफ्नो नेतृत्वमा रहने गरि युरोपियन सुपर लिगको घोषणा गरेका थिए । अब युरोपियन सुपर लिगमा रियल म्याड्रिड, बार्सिलोना र युभेन्टस् मात्रै छन् ।

प्रतिक्रिया