अफगान संकट : अफगानिस्तानबाट ११८ नेपाली काठमाडौं आइपुगे
अखबार टुडे
प्रकाशित:
२०७८, १ भाद्र

काठमाडौं, १ भदौं । अफगानिस्तानबाट ११८ जना नेपालीहरु काठमाडौं आइपुगेका छन् । यसअघि विमानस्थल कार्यालयले १ सय २७ जना काठमाण्डौ आइपुगेको जनाएको थियो । उनीहरु कतार हुँदै जजिरा एयरको विमानमार्फत् मंगलबार बिहान काठमाडौंको अवतरण गरेका हुन् ।

अफगानिस्तानको काबुलबाट अमेरिकी एयरफोर्सले उनीहरुलाई उद्धार गरेर कतारको दोहा पुर्याएको थियो । दोहाबाट कुबेत हुँदै उनीहरु काठमाडौं आएका हुन् । उनीहरुलाई लिन नेपाली सेनाको टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेको थियो । अफगानिस्तानबाट आएका नेपालीहरुलाई सामाखुसीस्थित एक क्वारेन्टिनमा राख्ने र प्रक्रिया पुर्याएर घर फर्काइने बताइएको छ ।

यसअघि सोमबार परराष्ट्र मन्त्रालयले १३४ नेपालीहरु सम्पर्कमा आएको बताएको थियो । अफगानिस्तानमा विद्रोही तालिबानले सत्ता कब्जा गरेपछि त्यहाँका राष्ट्रपति असरफ घानीले देश छाडेका छन् । विभिन्न देशहरुले सेना पठाएर आफ्ना नागरिकहरुलाई उद्धार जारी राखेका छन् ।

प्रतिक्रिया