नेपालका १५० कामदारलाई तत्काल होटल छाड्न तालिबानको आदेश
अखबार टुडे
प्रकाशित:
२०७८, १ भाद्र

काठमाडौं, १ भदौ। मुस्लिम अतिवादी विद्रोही समूह तालिबानले काबुलको एक होटलमा बसिरहेका नेपाली सुरक्षा गार्डसहित अन्य देशका कामदारलाई तत्काल छाड्न आदेश दिएको छ ।
तालिबानले होटलमै पुगेर तत्काल छोड्न निर्देशन दिएको अन्तर्राष्ट्रिय समाचार संस्था ‘अलजजिरा’ले जनाएको छ ।
होटलमा रहेका १ सय ५० जना नेपाली सुरक्षागार्ड सहित अन्य विदेशी नागरिकलाई विमानस्थलमा गएर बस्न उनिहरुले उर्दी जारी गरेका हुन् ।
होटलमा नेपालीसहित जर्मन, क्यानेडियन, विश्व बैंकलगायत अन्तर्राष्ट्रिय संस्थाहरुमा कार्यरत नागरिक छन्न ।

प्रतिक्रिया