‘वल्र्ड बुक रेकडर्स’मा नाम राख्न सफल पर्वतारोही मिङमा शेर्पा
अखबार टुडे
प्रकाशित:
२०७८, १ भाद्र

काठमाडौं, १ भदौ । पर्वतारोही एवं पर्यटन व्यवसायीलाई मिङ्गमा शेपालाई वल्र्ड बुक अफ रेकडर्स, लण्डनले सम्मानत गरेको छ । अन्तर्राष्ट्रिय पर्वतारोहण प्रवद्र्धनको लागि शेर्पाले उल्लेख्य भूमिका निर्वाह गरेका छन् ।

विश्वको १४ वटै ८००० मिटरभन्दा माथिका हिमालहरु ३२ वर्ष ३३८ दिनमा पहिलो प्रयासमै आरोहण गर्न सफल भई विश्व कीर्तिमान कायम गर्न सफल भएका थिए ।

वल्र्ड बुक अफ रेकडर्स् नेपालका अध्यक्ष सागर कटवाल, वरिष्ठ कलाकार हिपहप गायक निर्णय श्रेष्ठ, विश्व कीर्तिमानी एवं वल्र्ड रेकर्डस होल्डर्स एवं एक्चीभर्स एसोसियसनका अध्यक्ष हरि गोपाल प्रधान र विश्व कीर्तिमानी एवं संचारकर्मी फूर्वा शेर्पाको उपस्थितिमा मिङ्गमा शेर्पालाई प्रमाणपत्र हस्तान्तरण गरिएको थियो ।

++++उक्त प्रमाणपत्र लोकप्रिय प्रस्तोता टिकाराम यात्रीले सगरमाथा आधार शिविरमा ५५५० मिटरमा छायाँकन गरिएको विश्व कीर्तिमान कायम राख्न सफल एपी वान टेलिभिजनबाट प्रसारण हुने चर्चित कार्यक्रम “तमसोमा ज्योतिर्गमय”मा सगरमाथाको बेसक्याम्पमा मिङ्गमा शेर्पाको अन्तर्वातापश्चात सम्मानपत्र हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया