थप ३,४५१ जनामा कोरोना पुष्टि, २,४५८ जना सङ्क्रमणमुक्त
अखबार टुडे
प्रकाशित:
२०७८, ३२ श्रावण

काठमाडौं, ३२ साउन । पछिल्लो २४ घण्टामा थप ३,४५१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १० हजार ९३ जनाको पीसीआर र ५ हजार ५१८ जनाको एन्टिजेन गरी १५ हजार ६११ जनाको नमुना परीक्षण गर्दा सो संख्यामा कोरोना पुष्टि भएकोे जनाएको हो ।
यो सहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ८ लाख १० हजार ८५३ पुगेको छ । यस्तै गत २४ घण्टामा २ हजार ४५८ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ८५ हजार १४० पुगेको छ ।
यही अवधिमा कोरोना सङ्क्रमणका कारण ३५ जनाको ज्यान गएको छ । योसहित नेपालमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १० हजार ३२७ जना पुगेको छ । यस्तै अहिले नेपालमा ३९ हजार ३७१ जना सक्रिय सङ्क्रमित छन् ।

प्रतिक्रिया