हितेन्द्रदेव शाक्यद्वारा सर्वोच्चमा निवेदन
अखबार टुडे
प्रकाशित:
२०७८, ३२ श्रावण

काठमाडौं, ३२ साउन । गैरकानुनी ढङ्गले हटाएको भन्दै नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा रिट निवेदन दिएका छन् ।
आफूलाई अघिल्लो सरकारले चार वर्षका लागि नियुक्ति गरेको तर वर्तमान सरकारले कुनै कारणविना हटाइएको बताउँदै शाक्यले पुनर्बहालीको मागसहित सोमबार सर्वोच्चमा निवेदन दर्ता गराएका हुन् । उनको निवेदनको सुनुवाइ बुधवारका लागि तोकिएको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले जानकारी दिएका छन् ।

प्रतिक्रिया