काबुल विमानस्थलमा गोली चल्दा पाँच जनाको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०७८, ३२ श्रावण

काठमाडौं, ३२, साउन । अफगानिस्तानको काबुलस्थित विमानस्थलमा गोली चल्दा कम्तीमा पाँच जनाको ज्यान गएको छ ।
अफगानिस्तानबाट भाग्न खोज्नेहरूको भिडले विमानस्थल अस्तव्यस्त बनेपछि भिडलाई रोक्न अमेरिकी सेनाले हवाई फायर गरेको अन्तर्राष्ट्रिय एजेन्सीहरुले उल्लेख गरेका छन् ।

तालिबानले अफगानिस्तान कब्जा गरेपछि काबुल विमानस्थलमा चर्को भीड देखिएको हो । आइतबार तालिबानले सत्ता कब्जा गरेसँगै त्यहाँ कार्यरत विभिन्न देशमा नागरिक आ–आफ्नो देश धमाधम फर्कँदै छन् । त्यसैले काबुल विमानस्थलमा ठूलो भिड लागेको छ ।

अहिले अमेरिकी सेनाले काबुलको विमानस्थललाई आफ्नो नियन्त्रणमा लिएको छ । विमानस्थलको सबै व्यावसायिक उडान रद्द गरिएको छ । सैन्य उडान भने भइरहेका छन् ।

प्रतिक्रिया