सुरक्षा संकटमा परेका नेपालीको अफगानिस्तानबाट छिटो उद्धार गर्ने सरकारको निर्णय
अखबार टुडे
प्रकाशित:
२०७८, ३२ श्रावण

काठमाडौं, ३२ साउन । सरकारले अफगानिस्तानमा सुरक्षा संकटमा परेका नेपालीको यथाशीघ्र उद्धार गर्ने निर्णय गरेको छ ।
सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले अफगानिस्तानमा रहेका नेपालीको शीघ्र उद्धार गर्ने निर्णय गरेको हो ।
सरकार प्रवक्ता ज्ञानेन्द्र कार्कीले बैठकपछि सञ्चारकर्मीसँग भने, ‘अफगानिस्तानमा विकसित घटनाप्रति गम्भीर चासो दिँदै त्यहाँ रहेका नेपाली नागरिकलाई सकुशल शीघ्र उद्धार गर्ने निर्णय भएको छ ।’
सरकारले त्यसका लागि सम्बन्धित निकायहरुले समन्वय गरी कार्यअघि बढाउन निर्देशन दिने मन्त्रिपरिषद बैठकले निर्णय गरेको छ ।

प्रतिक्रिया