२४ घण्टामा थप ३३ जना कोरोना सङ्क्रमितको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०७८, ३१ श्रावण

काठमाडौं, ३१ साउन । गत २४ घण्टामा देशभर २ हजार २ सय १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ८ हजार ८८ जनाको पीसीआर र ४ हजार १८ जनाको एन्टिजेन गरी १२ हजार १ सय ६ जनाको नमुना परीक्षण गर्दा सो संख्यामा पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ८ लाख ७ हजार ४०२ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा १ हजार ८६७ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ८२ हजार ६ सय ८२ पुगेको छ ।
यही अवधिमा थप ३३ जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका छन् । योसहित कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १० हजार २९२ जना पुगेको छ । अहिले नेपालमा ३९ हजार दुई सय ९८ जना सक्रिय सङ्क्रमित छन् ।

प्रतिक्रिया