यस्तो बन्यो रानीको ‘अक्कले’ (भिडियो)
अखबार टुडे
प्रकाशित:
२०७८, ३१ श्रावण

काठमाडौं, ३१ साउन । गायिका रानी शाक्य नयाँ डान्सिङ गीत ‘अक्कले’ लिएर आएकी छन् । चन्द्रसिंह घलेको शब्द संगीत र निरज श्रेष्ठको एरेन्ज रहेको गीतमा रानी शाक्य र चन्द्रसिंह घलेको स्वर रहेको छ ।

चर्चित मोडल बिना राउत र नायक अमृत ढुंगानाको नृत्य रहेको भिडियोमा हरि घलेको सिनेमाटोग्राफी, दिन्सन शाहको कलर ग्रेडिङ र फराज अर्पणको सम्पादन तथा निर्देशन रहेको छ ।

रानी शाक्यको गीतहरु पछिल्लो समय चर्चामा छन् । हाल अमेरिकाको मेरिल्याण्डमा रहेकी गायिका शाक्यको अहिलेसम्म ५ दर्जनभन्दा बढी गीतहरु आइसकेका छन् ।

प्रतिक्रिया