काठमाडौं, ३१ साउन । पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईले अफगानिस्तानमा रहेका नेपाली कामदारहरुलाई स्वदेश फर्काउन आग्रह गरेका छन् ।
उनले अफगानिस्तानमा सुरक्षा संकटमा रहेका १४ हजार बढी नेपाली कामदारलाई तत्काल स्वदेश फर्काउन माग गरेका हुन् । कामदार फर्काउन सरकारले आलटाल वा वहानावाजी गर्न नहुने तर्क गरेका छन् ।
सामाजिक सञ्जालमा उनले लेखेका छन् ‘पहिलो त त्यस्ता द्वन्दग्रस्त ठाउककमा आफ्ना नागरिकलाई पठाउन र जाने वातावरण बनाउनै हुककदैनथ्यो । गैसकेपछि तिनको जीवनरक्षा गर्नु राज्यको दायित्व हो । किन्तुपरन्तु नहोस’, !
अफगानिस्तानमा पछिल्लो समय तालिवान र सरकारबीच युद्ध चर्किएको छ । अमेरिकी सैनिक फिर्ता भएपछि तालिबान लडाकूको गतिविधि बढी आक्रामक भएको देखिएको छ । उनीहरुको नियन्त्रण बढ्दै गएपछि पश्चिमा देशले आफ्ना दूतावासका कर्मचारी र नागरिकलाई सुरक्षितरूपमा स्वदेश फर्काउन थालेका छन् ।