तालिबानद्वारा राजधानी काबुलबाहेक सबै मुख्य सहर कब्जामा
अखबार टुडे
प्रकाशित:
२०७८, ३१ श्रावण

काबुल, ३१ साउन (एजेन्सी) । मुस्लिम अतिवादी विद्रोही समूह तालिबानले अफगानिस्तानको ३४ प्रान्तमध्ये ३३ प्रान्तका प्रमुख सहरहरु नियन्त्रणमा लिएको छ । तालिबानले राजधानी काबुलबाहेक देशका सबै मुख्य सहरुमा कब्जा जमाएका हुन् ।

आइतबार बिहान पूर्वी सहर जलालावाद सहरमा पनि तालिबानले कब्जा जमाएका हुन् । सुरक्षा स्रोतहरूलाई उद्धृत गर्दै बिबिसीले जनाएअनुसार अफगान सुरक्षाकर्मीहरूले कुनै प्रतिकारबिनै जलालावाद तालिबानलाई छोडिदिएका हुन् ।

शनिबार तालिबानहरूले उत्तरी अफगानिस्तानको अर्को महत्वपूर्ण सहर मजर–इ– सरिफमा कब्जा जमाएका थिए । तालिबानहरू अब राजधानी काबुल कब्जा गर्न अघि बढिरहेका छन् ।

अमेरिकी सैनिक फिर्ता भएपछि तालिबान लडाकूको गतिविधि पनि बढी आक्रामक भएको देखिएको छ । उनीहरुको नियन्त्रण बढ्दै गएपछि पश्चिमा देशले आफ्ना दूतावासका कर्मचारी र नागरिकलाई सुरक्षितरूपमा स्वदेश फर्काउन थालेका छन् । अब तालिबानले केही दिनमै राजधानी काबुललाई नियन्त्रणमा लिन सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया