हैटीमा शक्तिशाली भूकम्प : कम्तीमा तीन सय जनाको मृत्यु, १८ सय भन्दा धेरै घाइते
अखबार टुडे
प्रकाशित:
२०७८, ३१ श्रावण

हैटी, ३१ साउन । हैटीमा गएको शक्तिशाली भूकम्पमा परेर कम्तीमा तीन सय जनाको ज्यान गएको छ ।
७ दशमलव २ रेक्टर स्केलको भूकम्पमा परेर १८ सयभन्दा बढी घाइते भएका बीबीसीले जनाएको छ ।
उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । पुरिएकाहरुको उद्धार चलिरहेको छ । ज्यान गुमाउने र घाइतेहरुको सङ्ख्या बढ्न सक्ने अनुमान छ ।
राजधानी पोर्ट अफ प्रिन्सबाट एक सय ५० किलोमिटर पश्चिम केन्द्रबिन्दु बनाएर भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ ।
भूकम्पमा परेर हजारौँ भौतिक संरचना क्षतिग्रस्त भएका छन् । स्थानीय बासिन्दालाई सुरक्षित ठाउँमा सारिएको छ ।
प्रधानमन्त्री एरियल हेनरीले आपत्कालीन अवस्थाको घोषणा गरेका छन् । उनले सहयोगका लागि अन्तर्राष्ट्रिय समुदायसँग पनि अपिल गरेको छ ।
सन् २०१० मा हैटीमा गएको शक्तिशाली भूकम्पबाट हजारौँ मानिसको ज्यान जानुको साथै धेरै भौतिक संरचना नष्ट भएको थियो ।

प्रतिक्रिया