माओवादीको राष्ट्रिय सम्मेलन पुस १० देखि १३ गतेसम्म
अखबार टुडे
प्रकाशित:
२०७८, ३० श्रावण


काठमाडौं, ३० साउन । नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन आगामी पुस ११ देखि १३ गतेसम्म हुने भएको छ ।
शनिबार बसेको केन्द्रीय कमिटी बैठकमा स्थानीय र प्रदेशस्तरका अधिवेशनहरू सकेपछि ११ पुसमा पार्टीको राष्ट्रिय सम्मेलन गर्ने अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्ताव राखेका हुन् ।

केन्द्रीय कमिटीको बैठकमा राजनीतिक एवं सङ्गठनात्मक प्रतिवेदन पेस गर्दै अध्यक्ष प्रचण्डले आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव पेस गरेका छन । उक्त प्रस्तावमा यही भदौ मसान्तभित्र माओवादी केन्द्रले देशैभरि पार्टी सदस्यता वितरण एवं नवीकरणको काम सम्पन्न गर्ने उल्लेख छ ।

असोजमा टोलदेखि वडा हुँदै गाउँ सम्मेलनहरु गरिसक्ने र कात्तिकमा जिल्ला अधिवेशन गर्ने भनिएको छ । देशैभरका वडाहरूमा एकैदिन सम्मेलन सम्पन्न गर्ने प्रचण्डको प्रस्ताव छ । त्यस्तै ७७ जिल्लाको सम्मेलन पनि एकै दिन गर्ने भनिएको छ ।

यस्तै, मंसिर १५ मा प्रदेशको अधिवेशन सम्पन्न गरेपछि माओ दिवसको दिन पारेर पुस ११ गते राष्ट्रिय सम्मेलन गर्ने प्रचण्डले प्रस्ताव गरेका छन् । यस्तै, भदौ मसान्तसम्म सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण गरिने भएको छ ।

प्रतिक्रिया