‘हिमालय रोडिज’को चौँथो संस्करणमा जर्जहरु पुरानै
अखबार टुडे
प्रकाशित:
२०७८, २९ श्रावण

काठमाडौं, २९ साउन । टेलिभिजन रियालिटी शो ‘हिमालय रोडिज’को चौँथो संस्करण घोषणा भएको छ । यो संस्करणमा पनि पुरानै जर्जहरु हुनेछन् । काठमाडौंको लाजिम्पाटस्थित होटल र्याडिसन पत्रकार सम्मेलन गरी ‘हिमालय रोडिज’को चौथो संस्करण घोषणा गरिएको हो ।

कार्यक्रममा जानकारी गराइएअनुसार यसपटक पनि तेश्रो संस्करणकै जर्जहरूको हुनेछन् । जसमा अभिनेता अनुपविक्रम शाही, समन श्रेष्ठ, दिया मास्के, आशिष राना लाहुरे रहेका छन् ।

कार्यक्रमको होस्टका रुपमा रेमनदास श्रेष्ठ प्रस्तुत हुनेछन् । यसपटक हिामालय रोडिजको अडिसन अन्य संस्करणभन्दा फरक हुने बताइएको छ । कोरोना संक्रमणको जोखिमका कारण अडिसन भर्चुअल रूपमा गर्ने आयोजकको भनाइ छ ।

चौथो सिजनको नारा ‘सिजन अफ सर्भाइभल’ राखिएको छ । एन्ड्रोइड अपरेटिङ सिस्टम रहेको मोबाइलबाट एप डाउनलोड गरी अडिसन फर्म भर्न सकिनेछ । फिल्म निर्देशकसमेत रहेका सिमोस सुनुवारले यसलाई निर्देशन गर्दैछन् ।

‘हिमालय रोडिज’ चर्चित भारतीय कार्यक्रम ‘एमटिभि रोडिज’को नेपाली संस्करण हो । कार्यक्रम हिमालय टेलिभिजन तथा रोडिजको युट्युब च्यानलबाट पहिलो संस्करणदेखि नै प्रसारण हुँदै आइरहेको छ ।

प्रतिक्रिया