चीनका ७७ करोड ७० लाखले कोरोनाविरुद्धको पूरा खोप लगाए
अखबार टुडे
प्रकाशित:
२०७८, २९ श्रावण

बेइजिङ, २९ साउन । चीनमा बिहीबारसम्म ७७ करोड ७० लाख व्यक्तिलाई कोरोना भाइरसविरुद्धको खोपको पुर्ण मात्रा लगाइएको छ ।
एउटा मात्रै खोप लगाएकाहरुको संख्या अझै धेरै भएपनि दुवै खोप लगाएर खोपको मात्रा पूरा गरेकाहरुको संख्या ७७ करोड ७० लाख पुगेको स्वास्थ्य अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् ।

हालसम्म चीनमा एक अर्ब ८३ करोड डोज खोप लगाइएको राष्ट्रिय स्वास्थ्य निकायका प्रवक्ता मी फेङले एक पत्रकार सम्मेलनमा बताएका छन् ।

चीनको हुबे प्रान्तको वुहान शहरबाट सुरु भएको यस कोरोना भाइरसको महामारी न्यूनीकरणका लागि अहिलेसम्म खोप नै एक मात्र उपाय मानिएको छ । महामारी न्यूनीकरणका लागि खोपको प्रयोग पनि सबैभन्दा बढी चीनमा नै भएको छ ।

प्रतिक्रिया