- हाल नेपालमा ३५ हजार ५१८ होम आइसोलेसनमा
- तीन हजार २८० जना संस्थागत आइसोलेसनमा
- शभर सक्रिय संक्रमितको संख्या ३८ हजार ७९८
- मृत्यु हुनेको संख्या दश हजार २३९
काठमाडौं, २९ साउन । नेपालमा शुक्रबार थप तीन हजार ९१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ७०८ पीसीआर परीक्षणमा दुई हजार ७६३ र छ हजार ८७४ एन्टिजेन परीक्षणमा एक हजार १५२ जना गरी कूल तीन हजार ९१५ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस संक्रमितको संख्या सात लाख २८ हजार ५३२ पुगेको छ । त्यस्तै एन्टिजेन परीक्षण गर्नेको संख्या ७४ हजार ३४ रहेको छ ।
सोही अवधिमा थप दुई हजार ११८ जना संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म नेपालमा संक्रमणमुक्त हुनेको संख्या छ लाख ७९ हजार ४९५ पुगेको छ । नेपालमा संक्रमणमुक्त हुने दर ९३ दशमलव ३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
हाल नेपालमा ३५ हजार ५१८ होम आइसोलेसन, तीन हजार २८० जना संस्थागत आइसोलेसनमा रहेका छन् । त्यसैगरी ७३६ जना आइसीयू र १८६ जना भेन्टिलेटरमा उपचाररत छन् । देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ७९८ जना छन् ।
यस्तै, शुक्रबार कोरोना संक्रमणबाट थप २७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दश हजार २३९ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।