थप ३,९१५ जनामा कोरोना सङ्क्रमण पुष्टि
अखबार टुडे
प्रकाशित:
२०७८, २९ श्रावण

काठमाडैं, २९ साउन । गत २४ घण्टामा थप ३ हजार ९१५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ८ लाख २ हजार ५ सय ६६ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
आज ११ हजार ७ सय ८ जनाको पीसीआर र ६ हजार ८ सय ७४ जनाको एन्टिजेन गरी १८ हजार पाँच सय ८२ जनाको नमुना परीक्षण गर्दा ३ हजार ९ सय १५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा २ हजार १ सय १८ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ७९ हजार ४ सय ९५ जना पुगेको छ । यही अवधिमा थप २७ जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ । योसहित ज्यान गुमाउनेको सङ्ख्या १० हजार २ सय ३९ जना पुगेको छ ।
अहिले नेपालमा ३८ हजार ७ सय ९८ जना सक्रिय सङ्क्रमित छन् ।

प्रतिक्रिया