अफताब आलमको मुद्दाको सुनुवाई ‘हेर्न नमिल्ने’
अखबार टुडे
प्रकाशित:
२०७८, २९ श्रावण

काठमाडौं, २९ साउन । बम विष्फोट तथा इँटा भट्टामा राखेर मजदूरलाई जिउँदै जलाएको अभियोग लागेका महोम्मद आफ्ताव आलमलको मुद्धा शुक्रबार सुनुवाइ भएन । थुनाबाट छुट्न पाउनुपर्ने मागसहित आलमले दिएको निवेदनमाथि न्यायाधीश प्रकाशमान सिंह राउत र कुमार रेग्मीको इजलासमा थियो । आलमको उक्त मुद्दामा सर्वोच्चले ‘हेर्न नमिल्ने’ आदेश गरिएको छ ।
आलमलाई जिल्ला अदालत रौतहट र उच्च अदालत वीरगन्जको थुनामा राख्ने आदेशविरुद्ध आलमले सर्वोच्च अदालत निवेदन दिएका थिए । बम विष्फोट गराएर हत्या गरेको आरोपमा जिल्ला अदालत र उच्च अदालतले पुर्पक्षमा पठाउने आदेश गरेपछि आलम थुनामा छन् । सो आदेश बिरुद्ध उनले सर्वोच्चमा निवेदन दिएका थिए ।
२०७० सालको निर्वाचन जित्नका लागि आलमले भारतबाट पेशेवर गुण्डाहरु नेपाल ल्याई विष्फोटक पदार्थ निर्माण गर्ने क्रममा विष्फोटन भएपछि घाइते रहेका र जीवत मजदूरलाई सोही भट्टामा जलाएर हत्या गरेको अभियोग छ । मृतकका परिवारको जोहरीपछि तत्कालीन ओली सरकारको पालामा उनीविरुद्धको मुद्दा अघि बढेको थियो ।

प्रतिक्रिया