शिक्षण अस्पतालद्वारा मुसा, साङ्ला र उडुस मार्न टेण्डर आह्वान
अखबार टुडे
प्रकाशित:
२०७८, २९ श्रावण

काठमाडौं, २९ साउन । त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पतालमा मुसा, साङ्ला र उडुस मार्न टेण्डर आह्वान गरेको छ । अस्पतालमा उडुस र साङ्लाको बिगबिगी भएपछि अस्पतालले ठेकेदारको खोजी गर्दै टेन्डर आह्वान गरेको हो ।

अस्पतालले शुक्रबार मुसा, साङ्ला, उडुस, उपियाँ मार्न मासिक कति लिने हो खुलाइ गोप्य सिलबन्दी पेस गर्न अस्पतालले टेन्डर आह्वान गरेको हो । अस्पतालको विभिन्न विभाग, शाखा, वार्ड, ओपिडी र युनिट लगायत अस्पताल परिसरभित्रका अन्य स्थानहरुमा मुसा, साङ्ला, उडुस, उपियाँ मार्न सम्बन्धित विषयमा इजाजत प्राप्त आवश्यक कागजातहरूको पनि माग गरिएको छ ।

प्रतिक्रिया