शिल्पामाथि अर्को आपत्त, करोडौँ ठगीको आरोप
अखबार टुडे
प्रकाशित:
२०७८, २८ श्रावण

काठमाडौं, २८ साउन । बलिउड अभिनेत्री शिल्पा शेट्टीलाई अर्को आपत्त आइलागेको छ । केही समयअघि मात्र उनका श्रीमान राज कुन्द्रामाथि पोर्न फिल्म बनाएको आरोप लागेको थियो । उक्त मुद्दामाथि अझै प्रहरीले छानविन जारी राखेको प्रहरीले जनाएको भन्दै भारतीय मिडियाले उल्लेख गरेका छन् । अहिले शिल्पालाई नै करोडौँ ठगीको आरोपमा प्रहरीले उनको घर घेराउ गरेको छ ।

ज्योत्सना चौहान नाम गरेकी महिलाले शिल्पा र उनकी आमामाथि मुद्दा करोडौँ ठगी गरेको आरोप लगाउँदै उजुरी हालेकी थिइन । यसैलाई आधार मानेर पुलिसले गत बुधबार उनको घर घेराउ गरेको थियो । कम्पनी खोल्ने भन्दै आमा र शिल्पाले ज्योत्सनासँग सम्झौता गरेको भारतीय सञ्चारमा उल्लेख छ ।

साथै, जाहेरी गरिएको मुद्दामा आयोसिस स्लिमिङ्ग स्किन सैलुन तथा स्पा वेलनेस सेन्टरको ब्रान्च खोल्ने भन्दै शिल्पा र उनकी आमा सुनन्दाको कम्पनीका मानिसले करोडौंं रुपैयाँ ठगी गरेको आरोप लगाइएको छ ।

प्रहरीले एक महिनाअगाडि नै शिल्पालाई नोटिस पठाएको थियो । तर, केही प्रतिकृया नआएपछि पुलिस आफँै सोधपुछको लागि शिल्पाको घर जुहु पुगेको थियो । यसबारेमा शिल्पा आफ्नो औपचारिक प्रतिक्रिया दिइनसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया