थप ३२ जनाको मृत्यु (यस्तो छ हालसम्मको कोरोना अपडेट)
अखबार टुडे
प्रकाशित:
२०७८, २८ श्रावण
  • नेपालमा हालसम्म कूल ६ लाख ७७ हजार ३७७ जना संक्रमणमुक्त भएका छन् ।
  • कूल १० हजार २१२ जनाको कोरोना सङ्क्रमणबाट निधन
  • ३४ हजार ८३८ जना होम आइसोलेशन
  • तीन हजार ३४२ संस्थागत आइसोलेशन र ४४१ जना क्वारेन्टिनमा
  • सक्रिय सङ्क्रमितको कूल सङ्ख्या ३८ हजार १८०
  • मृत्युदर एक दशमलव पाँच प्रतिशत

काठमाडौं, २८ साउन । बिहीबार थप तीन हजार २६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार १० हजार ८०६ जनाको पिसिआर परीक्षण गर्दा दुई हजार ४७३ र चार हजार ६५६ एन्टिजेन परीक्षण गर्दा ७८७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा १५ हजार ४६२ जनामा नमूना परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा सक्रिय सङ्क्रमितको कूल सङ्ख्या ३८ हजार १८० पुगेको छ ।

सो अवधिमा दुई हजार २९४ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै कूल ६ लाख ७७ हजार ३७७ जना संक्रमणमुक्त भएका हुन् । नेपालमा निको हुने दर ९३.३ प्रतिशत रहेको छ । यस्तै विगत २४ घण्टामा कोभिडका कारण ३२ जनाको निधन भएको छ । अहिलेसम्म कूल १० हजार २१२ जनाको कोरोना सङ्क्रमणबाट निधन भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हाल मृत्युदर एक दशमलव पाँच प्रतिशत रहेको छ । मन्त्रालयको अनुसार ७३७ जना सघन उपचार कक्षमा १८३ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् । त्यस्तै ३४ हजार ८३८ जना होम आइसोलेशन, तीन हजार ३४२ संस्थागत आइसोलेशन र ४४१ जना क्वारेन्टिनमा रहेका छन् ।

प्रतिक्रिया