विनिशालाई ‘मिस टिन प्रिन्सेस’को उपाधि
अखबार टुडे
प्रकाशित:
२०७८, २८ श्रावण


ललितपुर । ‘मिस टिन प्रिन्सेस–२०२१’को उपाधि विनिशा बस्नेतले जितेकी छन् । यो प्रतियोगिताको दोस्रो संस्करण हो ।

प्रतियोगितामा विनिशाले अर्गनाइजर च्वाइस र जिज्ञासा लामाले निर्णायक च्वाइसको उपाधी हात पारे । अनुजा मिडियाद्वारा आयोजित कार्यक्रममा फष्ट रनरअपको उपाधी रुवी खरेलले हात पारिन । उक्त कार्यक्रममा मिस टिन चार्म २०२१ को उपाधी रोनिका कोजु र अस्मिता मगरले जितेका छन् । रानिकाले अर्गनाइजर च्वाइस तथा अस्मिताले जजेज च्वाइस जित्न सफल भइन् । फष्ट रनरअपको उपाधी सुप्रज्ञा श्रेष्ठले पाइन् ।

कार्यक्रममा निर्णायकको रुपमा समाजसेवी तथा व्यवसायी भुवन श्रेष्ठ र निर्णायकहरुमा हिपहप गायक तथा समाजसेवी निर्णय श्रेष्ठ, होटल व्यवसायी विष्णुबहादुर कार्की, मिडियाकर्मी भुषणकुमार श्रेष्ठ तथा म्युजिक अरेन्जर सैलेश श्रेष्ठ रहेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि प्रल्हाद गिरी तथा विशेष अतिथि वरिष्ठ पत्रकार हरि गोपाल प्रधानलगायत रहेका थिए । दुई वर्ष यता किशोरीहरुको प्रतिभा प्रस्फुटन तथा व्यक्तित्व विकासको लागि प्रतियोगिता गर्दै आएको अनुजा मिडियाकी संस्थापक अनुजा अचार्यले बताइन् ।

प्रतिक्रिया