लुम्बिनीको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त
अखबार टुडे
प्रकाशित:
२०७८, २८ श्रावण

बुटवल, २८ साउन । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त भएका छन् । बिहीबार प्रदेश प्रमुख अमिक शेरचनले नेकपा माओवादी केन्द्रका संसदीय दलका नेतासमेत रहेका केसीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

केसीलाई काँग्रेस, जनमोर्चा र जसपाको समर्थन रहेको छ । आजै चार दलका ४२ सदस्यहरुले केसीको नाममा आफूहरुको समर्थन रहेको भन्दै प्रदेश प्रमुख समक्ष दाबी प्रस्तुत गरेका थिए । यसअघि संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको बहुमत पु–याएर नयाँ सरकार गठनका लागि दाबी पेश गर्न प्रदेश प्रमुखले आह्वान गरेका थिए ।

नवनियुक्त मुख्यमन्त्री केसी रोल्पा १ (क)बाट निर्वाचित भएका थिए । आजै मुख्यमन्त्री केसीले सानो आकारको मन्त्रिपरिषद गठन गर्ने तयारी गरेका छन् ।

प्रतिक्रिया