‘खालि किन कुलमान मात्रै ?’
अखबार टुडे
प्रकाशित:
२०७८, २८ श्रावण

काठमाडौं, २८ साउन । नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्र महतले वर्तमान सरकारले कुलमान मात्रै देखेको टिप्पणी गरेका छन् ।
बिहीबार प्रतिनिधि सभा बैठको शून्य समयमा बोल्दैे प्रतिनिधि सभा सदस्य महतले यस्तो टिप्पणी गरेका हुन् ।
महतले कुलमान घिसिङबाहेक अर्को कोही मान्छे छैन भन्दै कुलमान बुढो भएपछि सरकारले के गर्छ भनी प्रश्न गरे । डुबेका नेपाल एअरलाइन्स लगायतका संस्थानतर्फ पनि सांसद महतले सरकारको ध्यानाकर्षण गराए ।

उनले भने,‘पुरानो सरकारले हनुमान मात्रै देख्यो । यो सरकारले कुलमान मात्रै देख्यो । एउटा सरकारले हनुमान बाहेक अरू नदेख्ने, एउटा सरकारले कुलमान बाहेक अरू नदेख्ने । यसको मतलब मैले कुलमानलाई हनुमानसँग दाँजेको होइन, हनुमानले त हाम्रो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान धुजाधुजा पारिहाले । पाँच महिनाको तलब एकै पटक हाजिर नभएका मान्छेलाई कर्मचारीले खुवाइरहेका छन् । कुलमानले विद्युत् प्राधिकरणलाई फाइदामै ल्याएका छन् ।’

उनले थपे. ‘कुलमानबाहेक अर्को मान्छे छैन त ? कुलमान बूढो भएपछि के गर्छ त यो सरकारले ? कुलमान बूढो भएपछि अर्को कुलमान कसरी खोज्छ त ? विद्युत् प्राधिकरण मात्रै छ ? कुलमान मात्रै छ ? नेपाल एअरलाइन्स छैन ? अरू संस्थान डुबेका छैनन् ? खालि किन कुलमान मात्रै ?’

प्रतिक्रिया