
काठमाडौं, २८ साउन । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले असोज मसान्तभित्र १ करोड ८ लाख खोप प्राप्त गर्ने दावी गरेका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै राज्यमन्त्री श्रेष्ठले सरकारले उमेर समूहसँगै आर्थिक गतिविधि हुने क्षेत्र र संक्रमण धेरै भएका १५÷१६ वटा जिल्लालाई प्राथमिकतामा राखेर खोप अभियान चलाउने बताए ।
अघिल्लो सरकारको पालामा ९७ लाख खोप प्राप्त भएको र ४२ लाखलाई मात्र लगाइएको उनले जानकारी दिए । नयाँ सरकार आएपछि खोप लगाउनेको संख्या ७५ लाख पु¥याएको उनको भनाइ छ । हरेक दिन दुई लाखदेखि डेढ लाख नागरिकले खोप लगाउने गरेको बताउँदै स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले भने, ‘असोज मसान्तभित्र १ करोड ८ लाख खोपको सुनिश्चित भएको छ ।’
प्रतिनिधिसभा बैठकमा सांसदहरु स्वास्थ्य राज्यमन्त्री श्रेष्ठमाथि सरकारको योजना, प्राथमिकता र कोभिड संक्रमणबारे प्रश्न गरेका थिए । जवाफमा राज्यमन्त्री श्रेष्ठले कोभिड नियन्त्रण सरकारको प्राथमिकता रहेको बताए ।