नयाँ सरकार गठनको आह्वानसँगै लुम्बिनीमा गठबन्धनद्वारा सरकार गठन प्रक्रिया सुरु
प्रकाशित:
२०७८, २७ श्रावण
काठमाडौं, २७ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् । मुख्यमन्त्री शंकर पोखरेलले बुधबार पदबाट राजीनामा दिएका थिए । त्यसलगत्तै प्रदेश प्रमुख शेरचनले २२ घण्टे समावधि दिएर नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन् ।
प्रदेश प्रमुख शेरचनले बुधबार ५ बजे सूचना जारी गर्दै बिहीबार ३ बजेभित्र सरकार गठनका लागि दललाई आह्वान गरेका छन् । संविधानको धारा १६९ को उपधारा १ को खण्ड ‘क’ बमोजिम मुख्यमन्त्री पोखरेलले राजीनामा दिएकाले प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमतको सरकार गठन गर्न आह्वान गरेका हुन् ।
यससँगै विपक्षी गठबन्धनले नयाँ सरकार गठनको पहल थालेका छन् । गठबन्धनले कुलबहादुर केसीलाई मुख्यमन्त्रीमा अगाडि सारेको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार